मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०७:५७:००
Read Time : < 1 मिनेट
अर्थ

हिमगिरि हाइजिनद्वारा प्रहरीलाई स्यानिटाइजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०७:५७:००

देवेनारा ग्रुप र जाजु ग्रुपद्वारा संयुक्त रूपमा सञ्चालित हिमगिरि हाइजिन प्रालिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्यानिटाइजर प्रदान गरेको छ । कम्पनीले प्रहरीलाई ३२ लाख २५ हजार रुपैयाँबराबरको स्यानिटाइजर सहयोग गरेको जनाएको छ । 

कम्पनीका सञ्चालक प्रकाश मुन्दडाले काठमाडौं र विराटनगरका प्रहरी तथा सशस्त्र प्रहरीलाई उक्त स्यानिटाइजर सहयोगस्वरूप प्रदान गरिएको बताए । उनका अनुसार लकडाउनका कारण सर्वसाधारण घरभित्र बसे पनि प्रहरी तथा सशस्त्र प्रहरी कार्य क्षेत्रमा खट्नुपर्ने भएकाले उनीहरूको सुरक्षाका लागि स्यानिटाइजर सहयोग गरिएको हो । उक्त स्यानिटाइजर आफ्नै कम्पनीको उत्पादन गरेको उनले बताए । 

अहिले उक्त कम्पनीले दैनिक १५ हजार लिटर स्यानिटाइजर उत्पादन गर्दै आएको छ । योबाहेक कम्पनीले लुगा धुने साबन, डिटर्जेन्ट पाउडर, ट्वाइलेट पेपर, टिस्यु पेपर, ह्यान्डवास, केक, नुहाउने साबन उत्पादन गर्ने गरेको जनाइएको छ ।