१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार २१:३७:००
Read Time : > 1 मिनेट
अर्थ

आपूर्ति असहज भएको भन्दै आयल निगमलाई ग्यास उद्योगीको १७ बुँदे ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार २१:३७:००

एलपी ग्यास उद्योग संघले आयल निगमलाई १७ बुँदे ध्यानाकर्षण पत्र पठाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)को रिफाइनरीबाट ग्यास लोडिङ गर्न समस्या भएको उल्लेख गर्दै ढुवानीका क्रममा चालक दलले भोगेका समस्या र ग्यास उद्योगदेखि डिलरसम्म गर्ने ढुवानीमा समेत अवरोध भएको विषय संघले उठाएको छ ।

कोरोना भाइरसको त्रास फैलनासाथ मुलुकभर ग्यासको आपूर्ति मागअनुसार हुन सकेको छैन । यहीवेला संघले ग्यास वितरणमा असहज भएको कारण देखाउँदै निगमलाई पठाएको पत्रलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

निगमले मंगलबार सबै उद्योगलाई अप्रिल महिनामा कति ग्यास चाहिन्छ भनेर सोधेको थियो । त्यसको जवाफमा संघले आइओसीको रिफाइनरीबाट कति ग्यास दिन सक्ने हो, त्यहीअनुसार उठाउन तयार रहेको भनेर जवाफ फर्काएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले सरकारको निर्देशनअनुसार ग्यास आयात र वितरण गर्न प्रतिबद्ध रहे पनि आफ्ना धेरै समस्या रहेको बताए । संघले पठाएको पत्रमा ग्यास लोड गर्ने रिफाइनरीमा कर्मचारी अभाव रहेको, ढुवानीका क्रममा गाडी पन्चर हुँदा मर्मत गर्न नसकेको उल्लेख छ ।

त्यस्तै, चालक तथा सहचालकले खानेकुरा पाउन नसकेको, कोराना त्रासले चालक आफ्नै घरमा जान नसकेको, भारतको रिफाइनरी तथा नेपालको ग्यास उद्योगमा चालकलाई राम्रो व्यवहार गर्न नसकिएको विषय पनि उठाइएको छ ।

त्यसैगरी, ग्यासको पिडिओ लिनुअघि निगमको खातामा पैसा जम्मा गर्न समस्या भएको, भारतले विभिन्न नाकामा समयमै भन्सार पास नगरेर दुःख दिएको, एउटा रिफाइनरीमा बनाएको पिडिओअनुसार ग्यास लोडिङ नभए अर्को रिफाइनरीबाट ग्यास लोड हुन नसकेकोलगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले आपूर्तिमा खासै समस्या नरहेको दाबी गरे । मागअनुसार आपूर्ति गरी वितरण प्रणाली प्रभावकारी बनाएर उपभोक्तालाई निर्धक्क बनाइने उनको भनाइ छ ।

यस्तो छ ध्यानाकर्षण पत्र