१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत १८ मंगलबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार

पुरातात्विक महत्वको बुद्धकाे मूर्ति चोर्न खोज्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७६ चैत १८ मंगलबार १८:३२:००

संखुवासभाको चिचिला गाउँपालिका–१, चिचिला बजारस्थित कायम्बु बौद्ध गुम्बामा रहेको बुद्धमूर्ति चोर्न खोज्नेलाई स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् ।

पूर्वी नेपालमै गुरुङ जातिको प्रसिद्ध पुरोहित एक सय दुई वर्षीय दाह्री लामाको नामले चिनिने मानवीर गुरुङको बौद्ध गुम्बाको मूर्ति चोर्ने प्रयास भएको हो । मध्याह्न १२ बजेतिर गुम्बाको ढोका फोडेर मूर्ति, शंखलगायत महत्वपूर्ण सामग्रीहरू चोरी गर्दै गरेको देखेपछि चोरीमा संलग्नलाई स्थानीयले पक्राउ गरेर चिचिला प्रहरी चौकीमा बुझाएका थिए ।

चोरीमा संलग्न व्यक्ति भोजपुरको षडानन्द नगरपालिका दिङ्ला घर भई हाल फ्याक्सिन्दा–सोलाखानीमा निर्माणाधीन सडकमा कार्यरत मजदुर रहेको बताइएको छ । चोरीको प्रयास गर्नेलाई आवश्यक अनुसन्धानपछि प्रमाणसहित जिल्ला प्रहरी कार्यालय खाँदबारी पठाएको चिचिला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले यसबारे थप अनुसन्धान भइरहेको बताए ।