१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १५:४२:००
Read Time : < 1 मिनेट
समाचार

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १५:४२:००

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लकडाउनमा सवारीसाधन सञ्चालनका लागि पास लिन आउनेहरुको ठूलो भिड देखिएको छ । 

कार्यालयमा मंगलबार पास लिन आउनेहरूको भिड अस्वाभाविक देखियो । पास लिन आएकाहरूलाई व्यवस्थित तरिकाले पास उपलब्ध गराउनेभन्दा कार्यालयको अवस्था अत्यन्त अस्तव्यस्त बनेको थियो ।

पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको अवधि सकिएकाले पनि मंगलबार पास लिन आउनेहरूको भिड बढी रह्यो । तर। न्यूनतम शारीरिक दूरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन ।

पास लिन आउनेहरू धेरै भएका कारण कार्यालयभित्र जम्मा भएकाहरू समूहमा नै रहेका थिए । प्रशासनबाट खटिएका अधिकारीले समूहमा भेला भएकाहरूलाई नाम बोलाउँदै पास वितरण गरेका थिए । 

लकडाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्रअनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरूको भिड ह्वात्तै बढेको हो । जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिए पनि अन्य क्षेत्रकाहरू पनि पास लिन कार्यालय पुगेका थिए । 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैंकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुहरू ढुवानी वा आपूर्ति गर्ने फर्म तथा प्रतिष्ठानहरूका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाए पनि तुलनात्मक रूपमा सवारीसाधन पास लिने र सञ्चालन गर्नेहरूको संख्या बढी छ ।