१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रसुवा
२०७६ चैत १८ मंगलबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार

रसुवागढी नाका नखोल्न टिमुरे वडा कार्यालयको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रसुवा
२०७६ चैत १८ मंगलबार १२:४७:००

चीनसँगको उत्तरी नाका रसुवागढी तत्काल सञ्चालनमा नल्याउन रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ नम्बर वडा कार्यालयले माग गरेको छ । 

नाका पर्ने टिमुरे वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय रसुवालाई तत्काल नाका नखोल्न भन्दै ध्यानाकर्षणसमेत गराएको छ । 

टिमुरेमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई वडाध्यक्ष दावा तामाङले नाका सञ्चालनमा नल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

सरकारले एकातिर देश लकडाउन गर्ने र अर्कोतिर अन्तर्राष्ट्रिय नाका रसुवागढी सञ्चालनमा ल्याउने निर्णयले यहाँका जनतामा डर पैदा गरेको भन्दै नाका नखोल्न वडाध्यक्ष तामाङले माग गरे ।

नाका खोल्दा कोरोना संक्रमणको डर हुने भएकाले केही समय अझै नाका खोल्न नहुने माग पत्रमा उल्लेख गरिएको छ । 

चीनबाट सुरु भएको कोरोना संक्रमण विश्यव्यापी रूपमा फैलिएको र रसुवागढी नाका उच्च जोखिममा रहेको भन्दै सरकारले नाका खोल्ने निर्णय फिर्ता लिनुपर्ने उनले बताए ।