मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जुम्ला
२०७६ चैत १८ मंगलबार १२:०५:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमण परीक्षण गर्न जुम्लाबाट चारजनाकाे स्वाब काठमाडौं पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जुम्ला
२०७६ चैत १८ मंगलबार १२:०५:००

जुम्लामा कोराेना भाइरस संक्रमणको आशंका गरिएका चारजना बिरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुईजना र तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एक–एकजना गरी चारजनाको ‘स्वाब’  परीक्षणका लागि काठमाडौं पठाइएको हो । 

‘उच्च ज्वरो आएका चारजना बिरामीको स्वाब संकलन भएको थियो,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘सोमबार नै एम्बुलेन्सबाट स्वाब नेपालगन्ज पठाइसक्यौँ ।’ मंगलबार काठमाडाैंबाट विमान नेपालगन्ज आउने र परीक्षणका लागि नमुना लैजाने उनले बताए । 

जुम्लामा पनि कोरोनाको नमुना परीक्षण गर्न पहल भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

‘जुम्लामा भारतबाट आएकाहरूको संख्या धेरै छ । निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन् । धेरैजनाको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले हामीसँग स्वाब संकलन गर्ने भिटिएम १० पिस मात्रै छ । चारजनाको परीक्षणका लागि पठाएका छौँ । अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट बाँकी छ, त्यसैले जुम्लामा नै नमुना परीक्षण गर्न मिल्ने व्यवस्था गर्न जरुरी छ ।’