मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैंमा लकडाउन उल्लंघन गर्ने २१ सय ३१ जना प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १०:५९:००

कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २१ सय ३१ जनालाई मंगलबार प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा  लिएको  छ ।

बिहान ५ देखि १० बजेभित्रको समयमा लकडाउन उल्लंघन गर्नेको संख्या त्यति रहेको प्रहरीले जनाएको छ । अत्यावश्यकबाहेक सडकमा निस्केकालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको  छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमध्ये  १७ सय २४ जना पुरुष र चार सय सातजना महिला छन् । नियन्त्रणमा लिएकाहरूलाई चार घन्टा सार्वजनिक स्थानमा राखी छोड्ने प्रहरीले जनाएको छ । त्यस्तै लकडाउनको समयमा चलाइएका अत्यावश्यक सेवाबाहेकका ७३ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले  नियन्त्रणमा  लिएको छ ।

महानगरीय  प्रहरी आयुक्तको  कार्यालयले लकडाउन कार्यान्वयनका लागि काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको जनाएको छ ।