मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राज सरगम काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१८:००
Read Time : > 1 मिनेट
साहित्य

विदेशमा नेपाली साहित्यकारको दैनिकी

कोरोना सतर्कता

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१८:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा लेखक जीवा लामिछाने जर्मनीको फ्रयांकफर्टमा बस्छन् । कोरोनाको महामारी फैलिएपछि उनी १० दिनदेखि सेल्फ क्वारेन्टाइनमा छन् । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिने मुलुकमा जर्मनी पनि एक हो । लामिछाने नेपाल र अन्य मुलुकमा रहेका दैनिक १०–१२ जना साथीसँग गफिन्छन् । महामारीको विश्वव्यापी असरबारे अपडेट भइरहन्छन् । र, सामाजिक सञ्जालमा सार्वजनिक महत्वका जस्तो लागेका सामग्री सेयर गर्छन् । ‘कहिलेकाहीँ फिल्म हेर्छ‘, कोरोनासँग सम्बन्धित केही कुरालाई ‘कोरोना डायरी’का रूपमा ल्यापटपमा टिपोट गरिरहेको छु,’ उनी भन्छन् ।

अमेरिका बस्दै आएकी आख्यानकार निलम कार्की निहारिकाको दैनिकी बालबच्चाको हेरचाहमा बितिरहेको छ । पछिल्लोपटक २ मार्चमा नेपालबाट अमेरिका पुग्दा उनी १४ दिन क्वारेन्टाइनमा बसेकी थिइन् । उनी नेपालमा रहेका आफन्तहरूसँग भिडियो कल गर्ने, कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका टिप्स लेख्ने र सामाजिक सञ्जाल अपडेटमा दिन कटाइरहेकी छिन् । ‘लेख्न, पढ्नका लागि एकाग्र हुन सकिरहेकी छैन,’ उनी भन्छिन्, ‘बरु केटाकेटीका रुचिमा परिकार पकाउँदै खुवाइरहेकी छु ।’

विदेशमा बसिरहेका नेपाली साहित्यकार र लेखकहरूले पनि चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाइरहेका छन् ।
 

विदेशमा बसिरहेका नेपाली साहित्यकार र लेखकहरूले पनि चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाइरहेका छन् । कार्की नर्स हुन् । त्यसैले उनी सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणबाट बच्ने सुरक्षाका टिप्सहरू बाँड्दै आएकी छन् । भन्छिन्, ‘अमेरिका छु, तर ध्यान नेपालमै छ ।’ जापानको योकोहामा सहरमा बस्दै आएका कवि प्रकाश पौडेलको दैनिकी पनि कोरोनाका कारण फेरिएको छ । उनी भन्छन्, ‘यो संक्रमण लम्बियो भने फुर्सदिलो समय व्यतीत गर्न सकस नै हुने भयो ।’ यस्तै, अमेरिकाको न्युजर्सीमा बस्दै आएका साहित्यकार कृष्ण कुसुमको दैनिकी सेल्फ क्वारेन्टाइन र किचेनमा बितिरहेको छ । सातादिनदेखि उनी घरभित्रै सीमित छन् । ‘यो समय पकवानमा बितिरहेको छ,’ उनी भन्छन्, ‘आई लभ टु वर्क इन किचन ।’ आफू घरभित्रै भुलिरहे पनि नेपालसहित विभिन्न मुलुकमा रहेका आफन्तजनको चिन्ताले सताएको उनी बताउँछन् । त्यसैले भिडियो कल र सामाजिक सञ्जालमार्फत अपडेट भइरहन्छन् ।

लन्डनमा बस्दै आएका साहित्यकार कृष्ण बजगाईंले यो समयमा आफ्ना लघुकथालाई आफ्नै स्वर दिएर युट्युबमा राखिरहेका छन् । लेखक तथा पत्रकार निरु त्रिपाठी अस्ट्रेलियामा छिन् । उनको दैनिकी पनि घरायसी काममा बितिरहेको छ । भन्छिन्, ‘दैनिक अफिस, ट्रेनको यात्रा, निरन्तर कुर्सीको बसाइबाट दिक्क लागेको थियो, अहिले व्यस्तताबाट राहत मिलेको छ ।’ उनलाई घरमा बस्दा स्वतन्त्रता पाएझैँ लागेको छ । भागदौड र कोलाहलको दैनिकीबाट छुटकारा पाएको बताउने त्रिपाठी युुट्युबमा हेरेर नयाँ–नयाँ परिकार पकाउन सिकिरहेकी छन् । कोरोनाको भयबीच अस्ट्रेलियाभन्दा नेपालको सम्झना बढी आइरहेको उनी बताउँछिन् । भन्छिन्, ‘नेपाल खुब मिस गरिरहेकी छु ।’