मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
टेकराज थामी
२०७५ माघ ८ मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संसद भवनअगाडि धर्नामा रहेका दुई दर्जन अधिकारकर्मी पक्राउ

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ माघ ८ मंगलबार १६:३३:००

संघीय संसद भवनअगाडि धर्ना दिएका करिब दुई दर्जन आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कृष्ण पहाडीको नेतृत्वमा धर्नामा रहेका मानवअधिकारकर्मीका समूहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो ।

आन्दोलनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले बताए । उनीहरुले डा.केसीसँगको सहमति कार्यान्वयन, जहाज खरिद भ्रष्टाचारका मूल दोषीहरूलाई कारबाही र मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्दै धर्ना दिएका थिए ।