मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत १७ सोमबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

हेटौँडामा वितरण हुने खानेपानी महसुलमा २५ प्रतिशत छुट

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १८:४०:००

कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थामा हेटौँडामा वितरण हुने खानेपानी महसुलमा २५ प्रतिशत छुट दिइने भएको छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्ना उपभोक्तालाई महसुलमा २५ प्रतिशत छुट दिने भएको हो । कोरोना भाइरसको प्रभावका कारण आमउपभोक्तालाई सहजताका लागि महसुलमा छुट दिने निर्णय गरिएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

चैत मसान्तको न्यूनतम मूल्यमा २५ प्रतिशत छुट दिइने विष्टले बताए । उनका अनुसार बोर्डले हाल न्यूनतम मूल्य ८५ रुपैयाँ कायम गरेको छ । खानेपानीमा छुट दिँदा पनि आमउपभोक्तालाई केही राहत पुग्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

लकडाउनका कारण आम्दानीमा प्रभाव पारेकाले वैशाखमा पनि लकडाउन भइरहे छुट दिनेबारे छलफल गरिने उनले बताए । बोर्डले फागुन र चैत मसान्तको महसुल ०७७ वैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलिने निर्णय पनि गरेको छ । हाल बोर्डले १७ हजार आठ सय धारामा पानी वितरण गरिरहेको छ ।