१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत १७ सोमबार १७:०५:००
Read Time : < 1 मिनेट
विश्व

ह्यारीदम्पतीको सुरक्षा खर्च अमेरिकाले व्यहोर्दैन : ट्रम्प

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत १७ सोमबार १७:०५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको सुरक्षा जिम्मा लिन नसक्ने बताएका छन् । ह्यारी र मेघन अमेरिकाको लसएन्जलस पुगेको थाहा पाएपछि ट्रम्पले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन् । 

स्वतन्त्र जीवन बिताउने भन्दै केही समयअगाडि बेलायती राजदरबार छोडेका ह्यारीदम्पती क्यानडा बस्दै आएका छन् । उनीहरू हालै अमेरिका पुगेका हुन् । 

ट्रम्पले ट्विट गर्दै भनेका छन्,  'म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरू क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरूको सुरक्षाखर्च व्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो सुरक्षा आफैँ गरून् ।' 

यसै वर्षको सुरुमा ह्यारी र मेघनले बेलायती राजदरबारको पद त्याग गरेको घोषणा गरेका थिए । राजदरबार परित्याग गर्ने वेलामा उनीहरूले अमेरिका र क्यानाडामा बस्ने बताएका थिए ।