मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तिवारी यादव वीरगन्ज
२०७६ चैत १७ सोमबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन उल्लंघन गरी जुवातास खेल्ने ११ पक्राउ

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १५:०२:००

कोरोना भाइरस (काेभिड- १९) संक्रमण नेपालमा फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरी जुवातास खेल्ने ११ जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

जिराभवानी गाउँपालिका– ५ सखुबनियाको फुलबारीमा सोमबार जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए।

पक्राउ पर्नेमा स्थानीय धर्मराज पंजियार, सुरेशप्रसाद थारू, विनोद चौधरी, विनय थारू, गोविन्दकुमार थारू, ओझैया थारू, शिवशंकर नुनिया, सूर्यनारायण पंजियार, हरिश्वरप्रसाद दहेत, शिवजनक गौरे र वीरेन्द्रप्रसाद चौधरी छन् ।

उनीहरूको साथबाट ५७ हजार दुई सय ९० रुपैयाँ नगदसमेत बरामद गरिएको गौतमले जानकारी दिए। ‘सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरी सामूहिक रूपमा जुवातास खेलेको पाइएकाले पक्राउ गरेका हौँ,’ उनले भने । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।