१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

खाद्यान्न भनेर मदिरा ओसार्ने गर्ने दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार १४:१६:००

म्याग्दीमा लकडाउनको समयमा अत्यावश्यक वस्तुको नाममा मदिराको कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी प्रहरीले आइतबार ६ कार्टुन मदिरासहित सुनिलकुमार साह र असर परियारलाई पक्राउ गरेको हो ।

बेनीबाट राखुतर्फ मदिरा लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले ग.२.च ८८६९ नम्बरको जिपमा मदिरा ओसारपसार गरेका थिए ।

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिए । उनीहरूविरुद्ध संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए ।