मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ चैत १७ सोमबार १३:५४:००
Read Time : < 1 मिनेट
समाचार

इमर्जेन्सी सेवाका लागि आँखा अस्पताल २४ घन्टै खुला, नियमित सेवाका लागि डाक्टरहरूको नम्बर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ चैत १७ सोमबार १३:५४:००

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले लकडाउनको अवधिमा पनि इमर्जेन्सी (आकस्मिक) सेवा २४ सै घन्टा खुल्ला राख्ने भएको छ ।

आँखासम्बन्धी रोगका बिरामीको उपचारलाई मध्यनजर गर्दै अस्पतालले आकस्मिक सेवाका लागि २४ सै घन्टा इमर्जेन्सी सेवा खुला राख्ने निर्णय गरेको हो ।

यसबाहेक सो अस्पतालमा नियमित रूपमा आँखाको परीक्षण गराइरहेका बिरामीले पनि लकडाउनको अवधिमा सम्बन्धित चिकित्सकहरूबाट फोनमार्फत सल्लाह र सुझाब लिन पाउने भएका छन् । यसका लागि अस्पतालले एक सूचनामार्फत १२ जना चिकित्सकको फोन नम्बर र उनीहरूलाई फोन गर्न सकिने समय सार्वजनिक गरेको छ ।

‘बिरामीहरू फलोअपका लागि आउनुपर्ने हुन्छ, कसैको औषधिको डोज सकिएको हुन सक्छ,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. कमल खड्काले भने, ‘त्यसैले हामीले लकडाउनका वेला पनि २४ सै घन्टा आकस्मिक सेवालाई निरन्तरता दिने र सम्बन्धित चिकित्सकको नाम र फोन नम्बर उपलब्ध गराएका हौँ ।’