मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १७ सोमबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार

आठ वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १२:१८:००

रौतहटको फतुवा विजयपुर नगरपालिका– ५ का १८ वर्षीय नवल पासवानलाई आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

घरनजिकैको किराना पसलमा जाँदै गर्दा शनिबार साँझ पासवानले बालिकालाई बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी  दिए। बालिका बलात्कारमा संलग्न पासवानलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।

आरोपी पासवानविरुद्ध बाल यौन दुराचारसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए । पीडित बालिका र पीडक पासवानको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परीक्षण गरिएको छ। 

लकडाउनको अवधिमा रौतहटमा बलात्कारका दुई घटना सार्वजनिक भएका छन्। दुई दिनअघि पनि कटहरिया– ६ बगहीमा १७ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो।