मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १७ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

जुम्लामा २ सय ३२ बेडको क्वारेन्टाइन निर्माण

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार ११:३१:००

जुम्लाका सबै स्थानीय तहमा गरेर दुई सय ३२ बेड क्षमताकाके क्वारेन्टाइन निर्माण गरिएको छ। एक नगरपालिका र सात गाउँपालिकामा गरी जम्मा २ सय ३२ बेडको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

चन्दननाथ नगरपालिकामा ३० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। त्यसैगरी हिमा गाउँपालिकामा ३०, पातारासी नगरपालिकामा ६, गुठिचौरमा ६, तिलामा ४०, कनकासुन्दरीमा २०, तातोपानीमा ५० र सिँजा गाउँपालिकामा ४० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

भारत वा तेस्रो मुलकबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने व्यवस्था गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। कोराना भाइरसको संक्रमण र रोकथामका विषयमा सचेतीकरण गरेपछि विदेशबाट आएकाहरु सहजै क्वारेन्टाइनमा बस्न थालेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय २० बेडको आइसाेलेसन तयार भएको छ। अहिले दुई जनालाई आइसाेलेसनमा राखेर उपचार गरिरहेकाे काफ्लेले जानकारी दिए। ‘आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने, ‘भारतबाट आउने ब्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने बित्तिकै लक्षण नदेखिएमा खासै समस्या हुँदैन।’ प्रतिष्ठानले ३५ वटा पीपीई सेट ल्याइसकेको छ।