मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत १६ आइतबार २१:३३:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय प्रधानमन्त्री मोदीले जनतासँग माफी मागे  

Read Time : < 1 मिनेट
२०७६ चैत १६ आइतबार २१:३३:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनले जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन् । सरकारसँग कोरोना भाइरसको जोखिम कम गर्न लकडाउन गर्नुको अरू विकल्प नभएका कारण पनि देशव्यापी बन्द गर्नुपरेको मोदीले बताएका छन् ।

गत साता मंगलबारदेखि २१ दिनसम्म भारत लकडाउन गर्ने घोषणा गरिएको थियो । माेदीले लकडाउनले अहिले तत्काल समस्या सिर्जना गरे पनि यो नागरिकको हितमा नै भएको बताए । 

आइतबार रेडियो कार्यक्रम ‘मनकी बात’ मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनका कारण मजदुरहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका हुन् । सरकारले सबै जनतालाई सुरक्षित राख्न चाहेको र योबाहेक अरू विकल्प नभएको मोदीको भनाइ थियो । देशव्यापी लकडाउन हुँदाहुँदै पनि धेरै मानिस दिल्लीबाट हिँडेर गाउँ गइरहेका छन् । 

भारतमा कोरोना भाइरसको संक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने एक हजार संक्रमित भएका छन् ।