मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडौँ
२०७६ चैत १६ आइतबार १७:३७:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया

कोरोनाको त्रास छ, तर साँघुरो छैन नेपालीको मन (फोटो फिचर)

Read Time : > 1 मिनेट
अमुल थापा, काठमाडौँ
२०७६ चैत १६ आइतबार १७:३७:००

विश्वव्यापी रूपमा विस्तार भएको कोरोना भाइरसले गरिब भन्दैन, धनी पनि भन्दैन । यसले रंगभेद गरेको छैन, न विचारका आधारमा नै विभेद गरेको छ ।

कोरोना भाइरसको संक्रमण आफू बच्ने सबैभन्दा सर्वोत्तम उपाय हो, अरूलाई बचाउनु । अरूलाई बचाउन सकियो भने यसको संक्रमण विस्तार रोकथाम हुन्छ । र, आफू पनि जोगिन सकिन्छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय हुन्, व्यक्तिगत सम्पर्क हुने गरी भिडभाडमा नजानु, साबुनपानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र हिँडडुल गर्दा मास्क प्रयोग गर्नु आदि ।

तर, केही व्यवसायीले यो यथार्थ भुले । आफ्नो मनलाई साँघुरो बनाए । स्यानिटाइजर, मास्कजस्ता उपयोगी वस्तु लुकाए, बजारमा कृतिम अभाव सिर्जना गरेर अतिरिक्त आर्जन गर्न खोजे ।

स्यानिटाइजर, मास्कजस्ता कोरोना भाइरसको संक्रमणबाट जोगिने वस्तुको अभाव भएका वेला आफ्नो छाती फराकिलो पार्ने नेपालीहरू पनि देखिएका छन् । तीमध्येका एक हुन्, झापाका अमित मेचे । उनी हाल राजधानीको मैतीदेवीमा बसोवास गर्छन् ।

केही दिनयता अमितले आफ्ना केही साथीहरूको सहयोगमा उत्पादन गरेको मास्क सडकमा रहेर काम गर्ने विभिन्न पेसा र समुदायका व्यक्तिलाई निःशुल्क वितवरण गर्दै आएका छन् ।

यो हप्ता मात्र उनले करिब चार सय मास्क राजधानीको मैतीदेवी क्षेत्रमा कार्यरत प्रहरी, फोहोर उठाउने कामदार, सञ्चारकर्मीलगायतलाई वितरण गरिसकेका छन् ।

मास्क सिलाउन उनले दुईजना सूचीकार पनि राखेका छन् भने मास्कका लागि आवश्यक सामग्री स्टेसनरीमा किन्ने गरेका छन् । अमित भन्छन्, ‘मेरो एकजना साथीको दाजु वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । थोरै मानिसलाई भए पनि संक्रमणबाट जोगाउन सकिएला भनेर उहाँकै सल्लाहमा हामीले मास्क वितरण अभियान चलाएका हौँ ।’