Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना भाइरसविरुद्ध जुध्न आवश्यक सहयोगका लागि चिनियाँ राष्ट्रपतिसँग प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार १५:४८:००

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि  आग्रह  गरेका छन् । 

नेकपाको तर्फबाट बिहीबार १३ (चैत) मा राष्ट्रपति सीलाई पत्र लेख्दै अध्यक्ष प्रचण्डले उपरोक्त आग्रह गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

अध्यक्ष प्रचण्डका निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै चाँडोभन्दा चाँडो आवश्यक सामग्री पठाइदिन  आग्रह गरिएको छ । 

यो स्थितिमा चीनले नेपाललाई गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने बताउँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिएका छन् ।  

कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको मानिएको छ । पछि यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको थियो । 

कोरोना भाइरसबाट चीनमा ८१ हजार मानिस संक्रमित भएका थिए । तीमध्ये तीन हजार तीन सयको मृत्यु भएको छ ।
 
विश्वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार मानिसको ज्यान गाइसकेको छ । 

आइतबार मात्रै चीनले चीनले कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् । 

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइभ मास्क दुई हजार थान, चस्मा पाँच सय थान, थर्मोमिटर सय थान, व्यक्तिगत सुरक्षा सामग्री पाँच सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल चार सय बक्सा उपलब्ध गराएको थियो ।