समाचार
लकडाउनको मार : नेपालगञ्ज विमानस्थल वरपरका होटेलमा थन्किए सयौँ हुम्ली
Read Time : < 1 मिनेट
२०७६ चैत १६ आइतबार ११:०३:००
नेपालगञ्ज विमानस्थलका वरपरका होटेलमा सयौँको संख्यामा हुम्लीहरू अलपत्र परेका छन् ।
देशका विभिन्न स्थानबाट घर फर्कन लागेका उनीहरू लकडाउनपछि अलपत्र परेका हुन् ।
नेपालगञ्जबाट उड्ने हवाई सेवा रोकिएपछि उनीहरू घर फर्कन पाएनन् ।
अहिले उनीहरू नेपालपगञ्ज विमानस्थलनजिकैका होटेलमा बसेका छन् ।
होटेल सञ्चालकहरूले पनि आ–आफ्नो गन्तव्यतर्फ जान दबाब दिएको हुम्ला चखेली गाउँपालिकाका गगन बुढाले बताए ।
उनले होटेलमा बसिरहन पैसा नभएको र होटेल सञ्चालकले समेत आफ्नो गन्तव्यमा जान भनेपछि अन्योल भएको उनले बताए ।
होटेलमा बसिरहेका अर्का हुम्ली युकेश बुढाले गन्तव्यसम्म पुग्न सरकारसँग व्यवस्था गरिदिन माग गरे ।