मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ  पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार ०९:१९:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन उल्लंघन गर्ने सात सय आठजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ  पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार ०९:१९:००

कोरोना संक्रमण (कोभिड-१९) रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सात सय आठजनालाई  प्रहरीले  नियन्त्रणमा लिएको छ । 

यस्तै प्रहरीले लकडाउन  उल्लंघन  गर्ने सयभन्दा बढी दुईपाङ्ग्रे तथा एउटा चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । सवारीसहित प्रहरीको नियन्त्रणमा रहेकाहरूलाई प्रहरीले  सार्वजनिक स्थानमै  दुई घन्टा नियन्त्रणमा लिएर अब आइन्दा लकडाउन उल्लंघन नगर्ने सर्तमा छाड्ने जनाएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालय काठमाडौं  रानीपोखरीका प्रमुख डिआइजी विश्वराज  पोखरेलका अनुसार उनीहरूलाई  नियन्त्रण  लिएकै स्थानमा दुई घन्टा  नियन्त्रणमा राखिनेछ । ‘हामीले लकडाउन उल्लंघन गर्नेलाई  नियन्त्रणमा लिने गरेका थियौँ । त्यसले  संक्रमण फैलिन सक्ने भएकाले उल्लंघन गर्नेलाई  नियन्त्रणमा  लिएर कम्तीमा  दुई घन्टा सार्वजनिक स्थानमै राख्ने छौँ,’ डिआइजी  पोखरेलले भने । 

महानगरीय  प्रहरी आयुक्तको  कार्यालयले लकडाउन कार्यान्वयनका लागि  काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै प्रहरी परिसरलाई  कडाइ गर्न निर्देशन दिएको छ ।