मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १५ शनिबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

काेराेना सतर्कता : घलेगाउँमा पर्यटक राखे ५० हजार जरिवाना 

Read Time : < 1 मिनेट
२०७६ चैत १५ शनिबार १३:१५:००

कोरना भाइरस (कोभिड- १९) संक्रमणबाट बच्न लागू गरिएको लकडाउनलाई  लमजुङका होमस्टे गाउँहरूले कडाइ गरेका छन् । गाउँमा पर्यटक आउन रोकेका छन् भने पर्यटक राख्नेलाई जरिवानासमेत तोकेका छन् ।

क्व्होँलासोथर गाउँपालिकामा रहेको सार्क राष्ट्रको नमुना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। पर्यटन व्यवस्थापन समितिले होमस्टेमा पर्यटक राख्नेलाई २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । 

गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न होमस्टे सञ्चालकलाई चेतावनी दिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । 
 
 ०५७ देखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे सञ्चालनमा छ । लकडाउनका वेला सहरबाट केही पर्यटक जिप र मोटरसाइकल चढेर घलेगाउँ आउने गरेको समितिले जनाएको छ । बुधबार गाउँनजिकै आइपुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका छन् ।