१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ११:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

सेरेना ५०औँ पटक क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ११:३५:००

अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल प्रवेश गरेकी छिन् । १६औँ स्थानमा रहेकी सेरेनाले शीर्ष खेलाडी सिमोना हालेपलाई ६–१, ४–६ र ६–४ ले पराजित गरेकी हुन् । उनले १२औँ पटक अस्ट्रेलियन ओपन तथा समग्रमा ५०औँ ग्रान्डस्लाम क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् । 

सर्वाधिक महत्वपूर्ण जित
पहिलो सन्तान जन्माएपछि सेरेनाले अहिलेसम्मकै सर्वाधिक ठूलो उपलब्धि हात पारिन् । एटिपी महिला वरीयताको शीर्ष स्थानमा रहेकी हालेसमाथि संघर्षपूर्ण जित निकाल्दै सेरेना २४औ ग्रान्डस्लाम उपाधिउन्मुख भएकी छिन् । १ घन्टा ४७ मिनेटसम्म चलेको भिडन्तमा उनले हालेपलाई पहिलो तथा तेस्रो सेटमा दबाबमा राखिन् ।  सेरेनाले भनिन्, ‘यो मेरा लागि चाखलाग्दो खेलका रूपमा रह्यो, केही अंक निकै महत्वपूर्ण थिए ।’ 

ओसाका पहिलोपटक अन्तिम आठमा
जापानकी नाओमी ओसाकाले पहिलोपटक अस्ट्रेलियन ओपन ग्रान्डस्लामको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन् । युएस ओपन टेनिस विजेता ओसाकाले लातभियाकी १३औँ वरीयताप्राप्त अनास्तासिजता सेभास्तोभालाई ४–६, ६–३ र ६–४ ले पराजित गरिन् ।