१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत १४ शुक्रबार १७:२८:००
Read Time : < 1 मिनेट
विश्व

बेलायती प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत १४ शुक्रबार १७:२८:००

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रधानमन्त्री जोनसाेनले आफूमा हल्का लक्षण देखिएको र संक्रमणको नतिजा सकारात्मक देखिएपछि डाउनिङ स्ट्रिटमा सेल्फ आइसोलेसनमा बसेको बताएका छन् । 

एक विज्ञप्तिका अनुसार बेलायतका एक मेडिकल अधिकृतको सुझावका आधारमा उनको जाँच गरिएको थियो। सेल्फ आइसोलेसनमा बसे पनि उनले नियमित काम गर्ने बताइएको छ । जोनसनले भाइरस संक्रमणका बारेमा एक भिडियोसमेत ट्वीट गरेका छन् । 

डाउनिङ स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले नै उनको स्वास्थ्य परीक्षण गरेका थिए । बेलायतमा अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित भएको पुष्टि भएको छ र ५ सय ७८ को मृत्यु भइसकेको छ ।