१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाण्डौं
२०७६ चैत १४ शुक्रबार १७:०७:००
Read Time : < 1 मिनेट
अर्थ

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाण्डौं
२०७६ चैत १४ शुक्रबार १७:०७:००

नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । यी ग्राहकले एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाको महसुलमा त्यस्तो छुट पाउने भएका हुन् । 

ऊर्जा, जलुस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद्समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रेगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिन यस्तो निर्णय भएको मन्त्री पुनले बताए । 

त्यसैगरी यसवेला एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुलाे प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले छुटको निर्णय गरेकाे उनको भनाइ छ । 

उनले लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा विद्युतीय चुलोलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिन यो कदम चालेको बताए । 

३८ लाख ग्राहकलाई एक सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुने अनुमान गरिएको छ ।

देशमा मासिक एक सय ५० युनिटसम्म विद्युत् खपत गर्नेको संख्या अधिक छ । 

कुल ३८ लाख घरायशी ग्राहकमध्ये झन्डै २७ लाखले एक सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् । 

लकडाउनपछि विद्युत् खपतमा भारी गिरावट आएको छ । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटेल, सिनेमाघर, कार्यालयहरू बन्द भएकाले त्यस्तो अवस्था आएको हो ।