१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७६ चैत १४ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
अर्थ

वीरगञ्ज महानगरले सार्वजनिक गर्‍यो अतिआवश्यक सामाग्री खरिद गर्ने समय

Read Time : < 1 मिनेट
२०७६ चैत १४ शुक्रबार १६:४३:००

वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका समयमा अतिआवश्यक सामाग्री खरिद गर्ने समय सार्वजनिक गरेको छ ।

महानगर प्रमुख विजय सरावगीले सबै वडाका वडाअध्यक्षलाई सरकारले गरेको लकडाउनको पूर्ण पालना गराउन निर्देशनसमेत दिएका छन् । उनले लकडाउनको समयमा कसैलाई पनि समस्या हुन नदिने गरी व्यवस्था मिलाउन आग्रहसमेत गरे ।

महानगरको सभाकक्षमा आयोजित बैठकमा उनले बिहान ३ बजेसम्म दूध, ५ देखि ९ बजेसम्म तरकारी र ११ देखि ३ बजेसम्म किराना सामाग्री खरिद गर्ने तथा ग्यास सम्बन्धित डिलरको टोकन प्रणालीबाट खरिद गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

यस्तै औषधि चौबिसै घन्टा तर चिकित्सकको पुर्जी लिएर मात्र खरिद गर्ने र एक्लै निस्कन पनि नगरप्रमुख सरावगीले आग्रह गरेका छन् । उनले तरकारी बजार आफ्नो वडाको विद्यालय अथवा सटरमा व्यवस्था गर्न पनि वडाअध्यक्षहरूलाई आग्रह गरेका छन् ।

मेयर सरावगीले सामाग्री खरिद तथा बिक्री गर्ने खुद्रा पसलेलाई साँझ ६ बजेदेखि बिहान ६ बजेभित्र आवश्यकता अनुसारको आपूर्ति गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले दिएको समयतालिका अनुसार नचल्ने वडाअध्यक्षसहित नागरिक जोकोहीलाई पनि ऐनअनुसार कारबाही हुने भन्दै उनले दैनिक ज्यालादारी गरेर खानेहरूलाई महानगरले वडाअध्यक्षको सिफारिसमा खाद्यान्न सामाग्री वितरण गर्ने व्यवस्था मिलाइने बताए ।