मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सर्लाही
२०७६ चैत १४ शुक्रबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वसांसद साहद्वारा मास्क र स्यानिटाइजर प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सर्लाही
२०७६ चैत १४ शुक्रबार १६:३८:००

पूर्वसांसद नरेन्द्र साहले सर्लाहीका २० स्थानीय तहमा वितरण गर्नका लागि कोरोना भाइरस संक्रमण हुनबाट रोक्न प्रयोग हुने मास्क र स्यानिटाइजर जिल्ला प्रशासन कार्यालयलाई  शुक्रबार हस्तान्तरणा गरेका छन् । 

उनले जिल्ला प्रशासन कार्यालयमा २० हजार थान मास्क  र एक काटुन स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।  

सर्लाही क्षेत्र नम्बर ३ निवासी साहले कोरोना भाइरस संक्रमणको जोखिमबाट जाेगाउन सहज हाेस भनेर निशुल्क वितरणा गर्नका लागि उक्त सुरक्षाका सामान प्रदान गरेको बताए ।

गत चुनावमा सर्लाही ३ बाट प्रतिनिधि सभामा साहले उम्मेदवारी दिएका थिए  । उनी चुनावमा पराजित भएका थिए । उनले निर्वाचित जनप्रतिनिधिहरूको ध्यानाकर्षण गर्ने हिसाबले सकेको सामान सहयोग गरेको बताए । 

बजारमा अभाव भएकाले चाहेजति सहयोग गर्न नसकेकाे उनले जानकारी दिए ।

पूर्वसांसदले व्यक्तिगत रूपमा पठाएकाे सहयाेग प्राप्त भएको र आवश्यकताअनुसार वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।