मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ माघ ८ मंगलबार ०९:४६:००
Read Time : < 1 मिनेट
विश्व

कतारले लेबनानी सरकारको ५० करोड डलर ऋणपत्र किनिदिने

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ ८ मंगलबार ०९:४६:००

आर्थिक रूपमा समृद्ध खाडी मुलुक कतारले ऋणग्रस्त लेबनानको करिब ५० करोड अमेरिकी डलरबराबरको ऋणपत्र किनिदिने भएको छ । अरब मुलुकहरूको आर्थिक सम्मेलनका क्रममा कतारी अमिर सेख तामिम विन हमाद अल–थानी लेबनानको राजधानी बेरुत पुगेको भोलिपल्ट सोमबार कतारले सो घोषणा गरिदिएको हो ।

‘कतार सरकारले लेबनानी सरकारको ५० करोडबराबरको ऋणपत्र किनेर आर्थिक संटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको छ,’ कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुलरहमान अल–थानीले भने ।

कतारका अमिर सेख तामिम विन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि ‘लेबनानको अर्थतन्त्रलाई मजबुत’ पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय गरेको हो,’ विदेशमन्त्री अल–थानीले भने ।

‘कतारले सधैँ गणतन्त्र लेबनान र त्यहाँका जनताको स्थायित्व तथा समृद्धि चाहन्छ र लेबनानको अर्थतन्त्र छिट्टै सुदृढ हुँदै पूर्ववत् अवस्थामा फर्किने विश्वास गर्छ ।’ लेबनानी सरकारले कठिन एवं ठूलो आर्थिक संकट व्यहोरेको समय कतारले सहयोगको घोषणा गरेको हो ।  

आर्थिक रूपमा ऋणग्रस्त लेबनानलाई अन्य मुलकहरूले पनि आर्थिक सहयोग गरेका छन् । गत वर्षको अप्रिलमा पेरिसमा सम्पन्न लेबनानको सहयोग र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (सिइडिआरई)मा फ्रान्सले ११ अर्ब अमेरिकी डलरबराबरको सहयोग घोषणा गरेको थियो ।