मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १४ शुक्रबार ०९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १४ शुक्रबार ०९:१६:००

अचानक रक्तचाप बढेपछि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना गरिएको छ । 

प्रधानमन्त्री ओलीको एनजिओग्राम गरिएको छ । यसको रिपोर्ट सामान्य रहेको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीकाे यो समस्या नयाँ नभएर पुरानै भएको उनले बताए । 

डा. सायमीका अनुसार उनलाई आजै डिस्चार्ज दिने वा नदिनेबारे अझै टुंगाे लागेकाे छैन । प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।