मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १४ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार

सडकमा कोरोनानाशक औषधि छर्दै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १४ शुक्रबार ०९:०७:००

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सडकमा समेत कोरोनानाशक औषधि छर्न थालेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रका सडकमा पानीमा कीटनाशक औषधि मिलाएर छर्किएको हो । 

महानगरका तीन क्षेत्रमा निरन्तर कीटनाशक औषधि छर्किरहेकोे नगर प्रहरीका प्रमुख धनपति सापकोटाले बताए । बिहीबार बिहान वसन्तपुरदेखि लगन क्षेत्रमा चार हजार लिटर क्षमताको जेट मेसिनले सडकमा कीटनाशक औषधिसहितको पानी छर्केको उनले बताए । यस्तै, बानेश्वर हुँदै विमानस्थलसम्म र महाराजगन्जलगायत क्षेत्रमा पनि कीटनाशक औषधि छर्किएको उनले बताए । 

महानगरले तीनवटा ठूला जेट मेसिन र स–साना ट्यांकरबाट समेत कीटनाशक औषधि छर्किरहेको छ । तीनवटा ब्रुमरले समेत निरन्तर सडक सफाइ गरिरहेका छन् । लकडाउन अवधिभर सडकमा सवारीसमेत नगुड्ने भएकाले सफाइका लागि सहज र सुरक्षित भएको नगर प्रहरी प्रमुख सापकोटाले बताए । उनले महानगरले सबै वडाका सडकमा कीटनाशक औषधि छर्किने योजना रहेको बताए ।