मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १२ बुधबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुरमा तीन संस्थाद्वारा आफ्ना भवन क्वारेन्टाइनका लागि प्रस्ताव

Read Time : < 1 मिनेट
२०७६ चैत १२ बुधबार १५:२३:००

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकार तथा निजी क्षेत्रबाट विभिन्न प्रयास भइरहेका वेला ललितपुरका तीन ठूला संस्थाले आफ्ना भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सरकारलाई प्रस्ताव गरेका छन् ।

ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) र हात्तीवनस्थित लिट्टल एन्जल्स स्कुलले आफ्ना भवन क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सरकारलाई प्रस्ताव गरेका हुन् ।

जिल्ला सुरक्षा समितिले प्रस्ताव गरिएका भवनहरूको स्थलगत अध्ययनसमेत गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भगीरथ पाण्डेले प्रस्ताव गरिएका भवनको स्थलगत निरीक्षण गरिएको बताए ।

जिल्ला सुरक्षा समितिले गरेको स्थलगत निरीक्षणमा लिट्टल एन्जल्स स्कुलका दुई यस ३० कोठा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, स्टाफ कलेजमा एक सय कोठा र एन्फा कम्प्लेक्समा ५० कोठासहित खाली चौरमा समेत टेन्ट राखेर क्वारेन्टाइन बनाउनेबारे तयारी भइरहेको जनाइएको छ ।

सरकारले कोरोना संक्रमण फैलिएको अवस्थामा उपचारका लागि उपत्यकामा पाँच हजार क्षमताको क्वारेन्टाइन बनाउने जनाएको छ ।