१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०८:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

आँखाको कालो घेरा हटाउन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०८:०७:००

निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखा पर्छ, जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुरा खाँदा मात्र पनि डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्ने गर्छ । 

उपाय

-भिटामिन एयुक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ । 
-भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्छ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । 
-अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउजस्ता भिटामिन केयुक्त खानेकुराको सेवनले डार्क सर्कल  कम गर्छ ।
-आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
-कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । यसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ । 
-सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । 
-भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत कालो घेरा आउने समस्याबाट  राहत पाउन सकिन्छ ।