मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडाैं
२०७६ चैत १२ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

लकडाउन कार्यान्वयनमा कडाइ, दाेस्राे दिन काठमाडाैंमा उल्लंघन कम [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७६ चैत १२ बुधबार १२:१९:००

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको दोस्रो दिन बुधबार काठमाडौं उपत्यका थप सुनसान बनेको छ । लकडाउनको पहिलो दिन काठमाडौंमा फाटफुट सवारी र पैदल यात्रु देखिएका थिए । 

बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने तीन सय दुई सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा पनि लिएको छ । घरबाट अनावश्यक बाहिर निस्केका सर्वसाधारणलाई सुरक्षाकर्मीले सम्झाइबुझाई गरेर घर फर्काइदिएका छन् । 

अत्यावश्यक सेवा र लकडाउनमा चलाउने अनुमति लिएका सवारी भने सडकमा फाटफुट गुडेका छन् ।