१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग

एकल साँझमा गुन्जिए मनराजा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:५७:००

तीन दशकदेखि सांगीतिक यात्रामा सक्रिय संगीतकार मनराजा नकर्मीको एकल साँझ सम्पन्न भएको छ । प्रज्ञा भवन डबलीमा शनिबार मनराजाले आफ्नो संगीतका झन्डै दुई दर्जन गीत विभिन्न गायक–गायिकामार्फत प्रस्तुत गरे । एकल साँझमा उनी दिनेशराज रेग्मीको संयोजकत्वमा डेढ दर्जनभन्दा बढी वाद्यवादकहरूको साथमा थिए । 

कार्यक्रममा मनराजाले संगीत गरेका विभिन्न गीत प्रस्तुत गरिएका थिए । जसमा मदनकृष्ण श्रेष्ठ, कुन्ती मोक्तान, आन्नद कार्की,संगीता राना प्रधान, टीका प्रसाईं, रामचन्द्र काफ्ले, यम बराल, जुजुकाजी रञ्जित, रमना श्रेष्ठ,धनबहादुर गोपाली, रत्नशोभा महर्जनलगायतका गायकगायिकाले गीत गाएका थिए ।

साँझमा न्हूजः व्यञ्जनकार, विनिता महर्जन, अञ्जला नकर्मी, सर्वप्रतीक कसजू, अभिनेत्री आशिष्मा नकर्मीलगायतले मनराजाका नेपाल भाषाका गीतहरूमा नृत्य गरेका थिए ।