Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी टोकियो
२०७६ चैत १२ बुधबार ०६:५५:००
Read Time : < 1 मिनेट
खेलकुद

टोकियो  ओलम्पिक स्थगित, अब अर्काे वर्ष हुने

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
२०७६ चैत १२ बुधबार ०६:५५:००

यसै वर्ष आयोजना हुने तय भएको टोकियो ओलम्पिक स्थगित भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले आयोजक जापानसँगको सुझाबअनुसार प्रतियोगिता एक वर्षलाई सारेको हो । 

अन्तर्राष्ट्रिय खेलकुदको कुम्भमेला ओलम्पिक प्रतिस्पर्धा अब सन् २०२१ मा टोकियोमै हुनेछ । यसअघि टोकियो ओलम्पिक आगामी जुलाई अन्तिम साताबाट सुरु हुने तय भएको थियो । कोरोना भाइरस त्रासका कारण विभिन्न देशले सहभागी नहुने निर्णय गर्न थालेपछि आइओसीले आयोजक जापानसँग छलफल गरी प्रतियोगिता अर्काे वर्षलाई सार्ने निर्णय गरेको हो ।