मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत ११ मंगलबार २१:४६:००
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ चैत ११ मंगलबार २१:४६:००

गुल्मीको रेसुङ्गा नगरपालिका ४ सेउघाको मसिनापोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा रेसुङ्गा ४ अर्खलेका ६२ वर्षीय शेरबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक राजिव श्रेष्ठले बताए । छल्दीबाट तम्घास आउँदै गरेको लु २ त ८०७२ को ट्याक्टर मंगलबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । 

गम्भीर घाइते बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ट्याक्टर नियन्त्रण नभएपछि सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनाकै बेला घटनास्थल पुगेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गम्भीर घाइते बुढाथोकीलाई आफ्नै गाडीमा गुल्मी अस्पताल तम्घास पुराएका थिए । तर अवस्था गम्भीर भएकाले बचाउन नसकिएको उनले बताए ।