मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:२१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बढ्छ पुरुषको चार्मिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:२१:००

महिलाको मात्र के कुरा, पुरुष पनि सुन्दर देखिन चाहन्छन् । प्रायः मानिसमा एक्टिभ हुने चाहना हुन्छ । सबै आफूलाई चार्मिङ देखाउन चाहन्छन् । यद्यपि, सुन्दर देखिन के गर्ने भन्ने विषयमा अन्योल हुन सक्छ । यसका लागि दैनिक जीवनमा स–साना कुरामा ध्यान पु-याए मात्र हुन्छ ।

 पूरा निद्रा
पूरा निद्राले शारीरिक र मानसिक दुवै हिसाबले फाइदा पुग्छ । यदि पर्याप्त निद्रा लिनुभयो भने त्यति धेरै बिरामी पनि पर्नुपर्दैन । र, तौल नियन्त्रण गर्नसमेत यसले सहयोग पु-याउँछ । पर्याप्त निद्राका कारण मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्याको जोखिम पनि कम हुन्छ । यति मात्र होइन, आवश्यक निद्रा लिँदा तनावमा कमी आउँछ र तपाईंको मुडमा पनि सुधार हुन्छ । जसले चार्मिङ बढाउन भूमिका खेल्छ । त्यसैले विभिन्न रोगबाट बच्न र चार्मिङ क्रिएट गर्न निद्रामा हेलचेक्र्याइँ गर्नु हुँदैन ।

 घरको खाना
आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ र पैसाको पनि बचत गर्ने योजना छ भने बाहिर खाने बानी हटाइहाल्नुस् । घरमा पाकेको खाँदा एकातिर स्वस्थ रहन सकिन्छ भने अर्कातर्फ परिवारका सदस्यसँग समय बिताउन पाउनुहुन्छ । जसले तपाईंमा चार्मिङ बढाउन ठूलो भूमिका निर्वाह गर्छ ।

 बडी पोस्चर
अरूलाई आफूतर्फ आकर्षित गर्न र चार्मिङ बढाउन पोस्चरमा ध्यान दिन जरुरी हुन्छ । जसका लागि नियमित एक्सरसाइज आवश्यक हुन्छ । बस्ने, सुत्ने, उठ्ने तरिकाले पनि तपाईंको सही पोस्चरमा ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ । धेरै मानिसले आफ्नो पोस्चरमा ध्यान दिँदैनन् । जसका कारण शरीरसम्बन्धी कैयौँ समस्याको सामना गर्नुपर्ने हुन्छ ।

 स्किनको स्याहार
यो कुरा सोच्न जरुरी छैन कि महिलाले मात्र स्किनमा ध्यान राख्नुपर्छ । छाला निकै संवेदनशील हुन्छ । त्यसैले सधैँ विभिन्न संक्रमणको डर हुन्छ । आफूलाई अरूभन्दा अलग साबित गर्न र आकर्षणको केन्द्र बन्न पुरुषले पनि छालाको विशेष ख्याल राख्न जरुरी छ । छालाको ख्याल राखेमा उमेरअनुसार रिंकल, धब्बा बस्ने र छालासम्बन्धी अन्य समस्याबाट टाढा रहन सकिन्छ ।

 सधैँ आशावादी
जुनसुकै सफल व्यक्तिको लक्ष्य प्राप्तिको रहस्यबारे जान्न चाहनुहुन्छ भने उनीहरूबाट एउटै जवाफ पाउनुहुन्छ कि आशावादी बन्नुस् । आशावादी हुँदा अप्रत्याशित परिवर्तनका साथै तनाव कम गर्न मद्दत पुग्छ । यस्तो बानीले अनावश्यक निराशाबाट मुक्त हुन सकिन्छ । 

 मदिराबाट टाढा
मदिराले कैयौँ स्वास्थ्य समस्या निम्त्याउँछ । चिकित्सकहरूका अनुसार कलेजोसम्बन्धी रोगको मुख्य कारण नै मदिरा हो । त्यसैले कलेजोको सुरक्षाका लागि पनि मदिरा सेवनमा रोक लगाउन आवश्यक छ । मदिराले अल्पकालीन रूपमा इन्टक्सिकेसन र डिहाइड्रेसनजस्ता समस्या निम्त्याउँछ । यसले मस्तिष्कमा समेत समस्या सिर्जना गर्छ । जसका कारण चार्मिङ बढ्नुको सट्टा घट्न जान्छ ।

 पर्याप्त पानी 
शरीरमा कहिल्यै पनि पानीको कमी हुन दिनुहुँदैन । आवश्यक मात्रामा पानी पिउन जरुरी हुन्छ । नियमित पानी पिउँदा शरीरमा भएका विषाक्त पदार्थ सजिलै बाहिर निस्कन मद्दत पुग्छ । जसले चार्मिङ बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।