मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत ११ मंगलबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार

धनगढी रंगशालामा आइसोलेसन वार्ड

Read Time : < 1 मिनेट
२०७६ चैत ११ मंगलबार १७:४४:००

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर धनगढी रंगशालामा टेन्ट लगाएर आइसोलेसन कक्ष निर्माण गरेको छ । 

आइसोलेसन वार्डका लागि नेपाली सेनाको टोलीले ३९ बेड भएका १९ वटा टेन्ट हाउस बनाएको हो ।
    
यस्तै, रंगशालाभित्र रहेको भवन र पूर्वतर्फको प्याराफिटको पछाडिसमेत गरी ७० वटा आइसोलेसन निर्माण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । 

उता कञ्चनपुरमा पनि एक सय २५ बेडको आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माण गरिएको उनले बताए ।

कोरोना संक्रमणका बिरामी भेटिए उपचारका लागि आइसोलेसन कक्ष निर्माण गरिएको मन्त्री सुवेदीले बताए । 

‘प्रदेश सरकार कोरोनाविरुद्धको लडाइँमा जुटेको छ । कोरोना संक्रमण देखिएमा तत्काल उपचार गर्ने व्यवस्थासहितको तयारी गरेका छौँ,’ उनले भने, ‘त्यसका लागि विभिन्न ठाउँमा आइसोलेसन वार्डहरू बनाइएका छन् ।’ 

करिब सात सयजनालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्न सक्ने गरी तयारी गरिएको उनको भनाइ छ । 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्देशन दिएको छ ।