मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ११ मंगलबार १७:०४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

सफलताको कथा : कोरोना संक्रमण फैलिन नदिन दक्षिण कोरियाले अपनाएका पाँच उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ११ मंगलबार १७:०४:००

एक महिनाअघिसम्म तीव्र गतिमा कोरोना भाइरस फैलिएको मुलुक थियो, दक्षिण कोरिया । त्यहाँ एउटा चर्चबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

यो समाचार सामग्री तयार पार्दासम्म दक्षिण कोरियामा जम्मा नाै हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहीकारण दक्षिण कोरियाली प्रधानमन्त्री चुङ स्ये क्युनले देशमा संकटकालीन अवस्था आएको टिप्पणी गरेका छन् ।

कोरोना संक्रमण देखिएका क्षेत्र डेगु र चङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । यी क्षेत्रबाहेक अन्यत्र दक्षिण कोरियाको जनजीवन सामान्य छ । न्युयोर्क टाइम्सका अनुसार अर्थतन्त्र बन्द नगरीकन पनि कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने पाठ दक्षिण कोरियाबाट सिक्नुपर्छ ।

ठूलो संख्यामा संक्रमित देखिए पनि अन्यत्रको जस्तो ठूलो ‘लकडाउन’ नगरीकनै दक्षिण कोरियाले कोरोना नियन्त्रणमा लिएको छ । त्यहीकारण कोरोना भाइरसबाट संक्रमितहरूको संख्या १० हजार पनि नाघ्न सकेको छैन ।

आखिर दक्षिण कोरियाले त्यस्तो के गर्यो, जसका कारण दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण त्यति साह्रो फैलिन पाएन ?

दक्षिण कोरियाले कोरोना संक्रमणलाई थप फैलिन नदिन अपनाएका उपाय निम्नबमोजिम छन् : 

संकट आउनुअगावै हस्तक्षेप

जनवरीको अन्तिमतिर कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएपछि कोरियाले स्वास्थ्यकर्मीसँग घनीभूत संवाद गर्यो । त्यसक्रममा कोरोना जाँच गर्ने ‘किट’ ठूलो संख्यामा उत्पादन गर्ने निर्णय भयो ।

लगत्तै दैनिक एक लाख कोरोना जाँच गर्ने किट उत्पादन हुन थाल्यो । दक्षिण कोरिया ती किट अहिले अन्य देशमा निर्यात गर्ने तयारीमा समेत लागेको छ ।

छिटो र धेरै जाँच

दक्षिण कोरियाले कोरोना जाँच गर्ने किट अत्यधिक संख्यामा त उत्पादन ग-यो नै, अन्य देशको तुलनामा कोरोनाबाट संक्रमित भएका छन् कि छैनन् भन्ने विषयमा धेरै मानिसमा परीक्षण पनि गर्यो ।

प्रतिव्यक्ति दरले भन्ने हो भने अमेरिकाको तुलनामा दक्षिण कोरियाले ४० गुणा बढी मानिसमा परीक्षण गरेको थियो । २३ मार्चसम्म उसले ३ लाखभन्दा बढी मान्छेको परीक्षण गरिसकेको छ । धेरै मानिसमा परीक्षण गर्दा संक्रमण फैलिए–नफैलिएको छिटो जानकारी पाउन मद्दत पुग्यो ।

सम्पर्क ट्रेसिङ, आइसोलेसन र निगरानी

कोरोना संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति छिटोभन्दा छिटो पत्ता लगाउने, तिनको जाँच गर्ने, आइसोलेसनमा राख्ने र शंकास्पद व्यक्तिलाई निगरानीमा राख्न दक्षिण कोरियाले आफ्नो इपिडिइमियोलोजी सेवालाई प्रहरीको अनुसन्धान शैली जसरी नै प्रयोग गर्यो ।

जिपिएस'द्वारा फोन ट्रयाक

कुनै पनि क्षेत्र र जिल्लामा संक्रमित देखिएमा त्यो क्षेत्रमा बसोवास गर्ने सबै व्यक्तिको फोनमा सूचना पठाइयो । र, शंका लागेमा परीक्षणका लागि आउन भनियो । वासिंगटन पोष्टका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) बाट फोन ट्रयाक गरियो ।

संक्रमित व्यक्ति परीक्षण हुनुअघि कहाँ गएको थियो भनेर सार्वजनिक वेबसाइटमार्फत जानकारी दिइयो । यसले गर्दा मान्छेलाई परीक्षण गराउन सहज भयो ।

नागरिकलाई सहायता

दक्षिण कोरियासँग सार्वजनिक स्थलमा तापक्रम मापक यन्त्र धेरै छैनन् । स्वास्थ्यकर्मी पनि धेरै छैनन् । तर, उनीहरूले विभिन्न सञ्चारमाध्यमबाट कोरोना सचेतना जानकारी गराइरहे । बारम्बार जनतालाई परीक्षणका लागि आग्रह गरे । लकडाउन गरिएका दुईवटा सहरका जनताको आवश्यकता सोधिरहे ।

यसैको परिणाम हो, अहिले दक्षिण कोरियामा दैनिक १५ हजारले कोरोना भाइरसको संक्रमण भए–नभएको परीक्षण गर्ने गरेका छन् । दक्षिण कोरियाको मोडलबाट प्रभावित भएकैले हो, विश्व स्वास्थ्य संगठनले बारम्बार भनिरहेको छ, ‘कोरोनाको परीक्षण गरौँ, कोरोनाको परीक्षण गरौँ, कोरोनाको परीक्षण गरौँ ।’ (एजेन्सीहरूको सहयोगमा)