मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् अनारका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०७:२१:००

-नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।
 -अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार 
लाभदायक छ । 
-अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।
-यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।
-पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ ।  
-अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ । यसका साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ ।