१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
अर्थ

रानीपोखरी, धरहरा पुनर्निर्माणको काम रोकियो, फर्किए कामदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार १३:०६:००

रानीपोखरी र धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको छ । पुनर्निर्माणको काम रोकिएसँगै कामदारहरू घर फर्किएका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा पर्न थालेपछि सरकारले देशभर लकडाउन गरेपछि पुनर्निर्माणको काम पनि रोकिएको हो । 

लकडाउनसँगै अन्तर्राष्ट्रिय हवाई उडान साथै देशभर लामो दूरीमा चल्ने सवारीसाधनमा पनि रोक लगाएको थियो । त्यसअघि सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिएको अवस्थामा पनि रानीपोखरी र धरहराको काम भने रोकिएको थिएन ।

पुनर्निर्माणको काम मास्क र पन्जा लगाएर रानीपोखरी र धरहराको पुनर्निर्माणको काम हँुदै आएको थियो भने कुनै पनि कामदारलाई घर जान दिइएको थिएन । कतिपय भने काम नै छोडेर पनि गएका थिए । तैपनि पुनर्निर्माणको काम भने रोकिएको थिएन । 

सरकारले लकडाउन गरेपछि भने पुनर्निर्माणको काम रोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तर्फबाट जिम्मा पाएका राजु मानन्धरले जानकारी दिए ।

‘अहिले तत्कालका लागि सबै पुनर्निर्माणको काम रोकिएको छ । अर्को निर्णय नहुन्जेलसम्मका लागि अहिले रोकेका हौँ । देशको अवस्था कस्तो हुन्छ त्यसैअनुरूप निर्णय हुँदै जान्छ,’ मानन्धरले भने ।