१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १० सोमबार १५:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग

गायक प्रकाश सपुतद्वारा कोरोना नियन्त्रणका लागि सरकारलाई दुई लाख सहयोग गर्ने घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १० सोमबार १५:३८:००

गायक प्रकाश सपुतले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । गायक सपुतले आफ्नो परिवारलाई ६ महिना खान पुग्ने रकम छुट्याएर बाँकी रहेको दुई लाख रुपैयाँ सहकारको आपतकालीन कोषमा जम्मा गर्ने घोषणा गरेको हुन् । 

कोरोना नियन्त्रणका लागि सरकारले गरेको कामको प्रशंसा र भर्खरै अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै उनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु ।'

साे रकमकाे चेक उनले पत्रकार महासंघ बाग्लुङमा पठाएको  उल्लेख गरेका छन्।