Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १९:०३:००
Read Time : > 1 मिनेट
साहित्य

सेल्फ क्वारेन्टाइनमा के गर्दैछन लेखकहरु ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १९:०३:००

कोरोना भाइरस (कोभिड १९)ले अहिले संसारभर त्रास सिर्जना गरेको छ । स्वास्थ्य सेवामा अब्बल मानिने युरोप, अमेरिकाजस्ता महादेशमा पनि कोरोना संक्रमणले धेरैको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण नदेखिए पनि सरकारले सचेतना र सतर्कता अपनाउन आग्रह गरिरहेको छ । 

मान्छेहरु ‘सेल्फ आइसोलेसन’मा बसिरहेकाछन् । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ । यस्तो अवस्थामा लेखकहरु के गरिरहेका छन् ? नयाँ पत्रिकाले गरेकाे कुराकानी :

अमर न्यौपाने 
भेटघाट र बाहिर निस्कन बन्द गरेको छु । तनाव नलिइकन घरमै बसेर किताब पढ्ने र सिनेमा हेर्ने काम भइरहेको छ ।

कोरोना संक्रमणबाट जोगिन हामी सबैले डाक्टर र विज्ञले दिएको सल्लाह सुझाव मान्नुपर्छ । सरकारले जारी गरेको निर्देशन पालना गर्नुपर्छ । चिन्ता लिने र आत्तिने गर्नुहुँदैन् । सचेत भएर आफ्नो सरसफाईमा विशेष ध्यान दिनुपर्छ । परिवारसँग बस्न पाइएको छ भनेर खुसि हुने । घरयासी काममा व्यस्त हुने । 

अर्चना थापा
सरकारले आर्थिक अवस्था कमजोर हुने मानिसहरुका लागि राहत दिनुपर्छ । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने । घरमा कमाउने मान्छे नभएका परिवारलाई राहत दिने व्यवस्था गरे हुन्थ्यो । सञ्चारमाध्यमबाट कोरोनाको विषयमा अत्याधिक सचेतना फैलाउनुपर्छ ।

आर्थिक अवस्था बलियो भएका मानिसले कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्नुपर्छ । ‘सोसियल डिस्टेन्स’ बनाउनुको अर्थ सामाजिक सम्बन्ध बिच्छेद गर्ने होइन । तसर्थ सामाजिक सम्बन्धलाई थप बलियो बनाउने काम गर्नुपर्छ । एक अर्कासँग सहयोगी हुनुपर्छ । मान्छेहरसँग निरन्तर संवादमा रहनुपर्छ । सर्तकता र सचेतना अपनाउनुपर्छ । अहिले किताब पढिरहेकी छु ।

भुपेन्द्र खड्का
सामाजिक सञ्जाल र आफू कार्यरत सञ्चारमाध्यमबाट सचेतना फैलाउने काम गरिरहेको छु । किताब पढ्ने, गीत लेख्ने गरिरहेको छु । 

कोरोना विश्वव्यापी महामारी हो । यस्तो अवस्थामा हामी सर्तक र सचेत मात्र भएर पुग्दैन संवेदनशिल पनि हुनुपर्छ । महामारी आउँदैमा आत्तिनु पर्दैन् । धैर्य गरेर सचेत हुनुपर्छ ।

सरसफाईसँगै शरिरको प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुहोस । चिन्ता र पीर नलिनुहोस । घरमा बसेका बालबालिकालाई जीवनउपयोगी शिक्षा सिकाउनुहोस । 

गनेस पौडेल
म त घरमा बस्न थालेको धेरै भयो । घरमा बस्दा बाहिरको चिन्ता धेरै लिन हुन्न । मान्छे भेटघाट बन्द गर्ने  ।

घरमा बसिरहेको समयमा सिनेमा हेर्ने । किताब पढ्ने । परिवारसँग फुर्सदको समय बिताउने । मैले त सामाजिक सञ्जाल बन्द गरेको छु ।

सीमा आभास
आम मान्छे आतंकित अवस्थामा छन् । दैनिक ज्यालदारीमा काम गर्ने मान्छेहरुले खाद्यान्न पाएका छैनन् । त्यसैसले सरकारले अझ विशेष गरेर प्रदेश र स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिए हुन्थ्यो ।

हामीले सचेत हुन जरुरी छ । सरसफाईमा विशेष ध्यान दिनुपर्छ । घरका जेष्ठ सदस्य र बालबालिकाका अगाडि त्रसित र आतंकित हुने कुरा नगर्ने ।