१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टोपलाल अर्याल 
२०७५ माघ ७ सोमबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मीमा ट्याक्टर दुर्घटना ५ जना घाइते

Read Time : < 1 मिनेट
टोपलाल अर्याल 
२०७५ माघ ७ सोमबार २१:४७:००

गुल्मीको इस्मा गाउँपालिका, १ हस्तिचौर झर्ना नजिकै ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

कालिका कन्ट्रसनको लु १ त ८४४४ नम्बरको ट्याक्टर दुर्घटनामा चालक धुर्कोट गाउँपालिका, ७ का २२ वर्षीय विकास नेपाली र रोल्पा सुनिलमुर्ति गाउँपालिका, ७ का २१ वर्षीय सुरजमान रोक्का मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले बताए । त्यस्तै रोल्पा सुनिलमुर्ति गाउँपालिका, ७ कै २३ वर्षीय रुपेन्द्र विक र १५ वर्षीय मनिराम रोक्का मगर घाइते भएको खड्काले बताए । 

घाइतेमध्ये सुरजमान रोक्का मगरको अवस्था गम्भिर रहेको छ । उनलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर सडकबाट ४० मिटर तल खसेको छ ।