मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार १५:०७:००
Read Time : < 1 मिनेट
अर्थ

कालोबजारी गर्नेलाई तीन लाख जरिवाना र पाँच वर्ष जेल हुन्छ : उद्योगमन्त्री भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार १५:०७:००

बजारमा अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई तीन लाख जरिवाना र पाँच वर्ष जेल सजाय हुने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएसँगै देशभरि कालोबजारी बढेको गुनासो बढेका वेला सरकारले तीन लाख जरिवानासहित पाँच वर्ष जेल सजाय हुने जनाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए ।

‘बजारमा अभाव सिर्जना गर्नेलाई पाँच वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन,’ उनले भने, ‘बदमासी गरेको देख्नुभयो भने तपाईंले खबर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारबाही गर्छौँ । कारबाही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

रिपोर्टर्स क्लबमा भएको साक्षत्कारमा मन्त्री भट्टले कोरोनाविरुद्ध लड्नुपर्ने वेलामा सबैले गम्भीरताका साथ लिएर एकजुट हुनुपर्ने बताए । सीमानाकाबाट नेपाल आउन नदिने गरी नाका बन्द गर्ने विषयमा भारतसँग कूटनीतिक रूपमा सरकारले कुरा गरिरहेको बताएका छन् । देशमा अघोषित संकटकालको अवस्थामा भोलिका दिनलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारीका सबै कामहरू गरिरहेको जानकारी दिए ।