१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १५:०८:००
Read Time : < 1 मिनेट
अर्थ

सेयर बजार बन्द गर्ने कि खोल्ने भन्नेबारे अर्थ मन्त्रालयमा बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १५:०८:००

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारीस्तरबाट विभिन्न उपाय अपनाइएका वेला सेयरबजार बन्द गर्ने वा खुला गर्ने भन्ने विषयमा अहिले अर्थ मन्त्रालयमा छलफल चलिरहेको छ । 

शनिबार बेलुकासम्म सेयर बजार बन्द गर्नेबारे धितोपत्र बोर्डबाट कुनै जानकारी नआएका कारण सेयरको कारोबार जारी राखेको नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्र्रसिंह साउदले बताए । 

उनले नेपाल धितोपत्र बोर्डको नियमावलीअनुसार आइतबार बजार खुला राखेको जानकारी दिए । 

उनका अनुसार आइतबार बिहान नेप्से सञ्चालक समितिको बैठकले सेयर बजार कारोबार गर्ने निर्णय गरेको थियो । बैठक आइतबारको कारोबारको माहोललाई हेरी थप निर्णय लिने निष्कर्षमा पुगेको थियो । 

सोमबार कारोबार नियमित राख्ने वा बन्द गर्ने भन्नेबारे अर्थ मन्त्रालमा जारी बैठकले निर्णय गर्नेछ । 

नेप्सेका सिइओ साउदले अर्थ मन्त्रालयमा हुने निर्णयपछि सेयर कारोबारबारे अन्योल टुंगिने बताए । 

ब्रोकर संघले भने अत्यावश्यक सेवाभित्र सेयर बजार नपरेकाले ब्रोकर कार्यालयबाट कारोबार नगर्ने विज्ञप्ति जारी गरेको थियो । तर, नेप्सेले ब्रोकरलाई कारोबार रोक्न कुनै पनि निर्देशन नदिएको उनले बताएको छ । आइतबार कुल ५० मध्ये सबै सेयर ब्रोकर कार्यालयले सेयर कारोबार गराएका छैनन् । आधाभन्दा केही बढीले मात्र कारोबार गरेको नेप्सेले जनाएको छ ।

यस्तो छ नियमावली