१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १२:५६:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ९ आइतबार १२:५६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मिर्गौला प्रत्यारोपणपछि ३० फागुनमा डिस्चार्ज भई बालुवाटार आएका प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

‘आज ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने सूचना आएको छ,’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले नयाँ पत्रिकासँग भने।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुने अघिल्लो दिन १८ फागुनमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।

उक्त बैठकले कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो।