मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ९ आइतबार ११:२०:००
Read Time : < 1 मिनेट
सेयर बजार

सेयर कारोबार नगर्ने ब्रोकरको घोषणा, नेप्से कारोबार भने सुचारु

Read Time : < 1 मिनेट
२०७६ चैत ९ आइतबार ११:२०:००

स्टक ब्रोकर एसाेसिएसन अफ नेपालले आज आइतबारबाट आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएपछि आफ्नो सेवा अत्यावश्यकभित्र नपर्ने भन्दै ब्रोकरले सेवा बन्द गर्ने जनाएका हुन् । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङबाट थप निर्देशन भएमा सोहीअनुसार संघले समन्वय तथा जानकारी गराउने संघले जनाएको छ । 

तर, सेयर बजार भने आइतबार ११ बजेबाट सुचारु भएको छ । आइतबारदेखि सेयर कारोबार हुने वा नहुने भन्ने विषयका बारेमा सबैमा अन्योल थियो । नेप्सेको अनलाइन प्रणालीमार्फत सेयर कारोबार गर्न मिल्ने भएकाले सेयर कारोबार सुचारु भएको छ । 

नेप्से सुचारु गर्ने वा नगर्ने भन्ने सम्बन्धमा अहिले लगानीकर्ता र नेप्सेबीच छलफल भइरहेको छ । लगानीकर्ता कारोबार बन्द गराउने पक्षमा छन् भने नेप्से खोल्ने पक्षमा छ । यसबीचमा छलफल जारी । ब्रोकरसंघले भने ब्रोकर कार्यालय नखोल्ने विज्ञप्तिमार्फत जनाएको छ ।