मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनिष खड्का
२०७५ माघ ७ सोमबार २१:१७:००
Read Time : < 1 मिनेट
समाचार

सल्यान - रुकुम राजमार्ग मर्मत हुने

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७५ माघ ७ सोमबार २१:१७:००

सल्यान शितलपाटीदेखि रुकुम पश्चिम मुसीकोट सल्लेसम्मकाे राप्ती राजमार्ग सडक खण्ड मर्मत हुने भएको छ । सडक मर्मतका लागि १५ करोड रुपैंया बजेट विनियाेजन गरिएकाे छ ।

सडक विभागअन्तर्गतकाे वैदेशिक महाशाखाबाट उक्त रकम आएसँगै ठेक्का सम्झौता हुने क्रममा रहेको सडक डिभिजन कार्यालय चौरजहारिका डिभिजन प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । 

महाशाखाले सडकको अनुगमण गरी मर्मतका लागि बजेटको व्यवस्था गरेको हाे । हाल सडक मर्मतको आशयपत्र आह्वान गरिएको र फागुनसम्ममा ठेक्का सम्झौता गरी काम सुरु गरिने छ । सडक मर्मतको समयावधि १८ महिनाको राखिएकाे छ । 

११ किलोमिटर सडक पुनर्निर्माण

मुसीकोट सल्लेदेखि सल्यान शितलपाटी सम्मको ८४ किलोमिटर सडक मध्येमा ११ किलोमिटर सडक पुनर्निर्माण गरिने छ । बाँकी सडक टालटुल पारेर मर्मत हुने सडक डिभिजन प्रमुख भट्टले बताए । वैदेशिक महाशाखाले गरेको अनुगमण प्रतिवेदनका आधारमा ११ किलोमिटर सडकको पुनर्निर्माण गर्नुपर्ने देखिएको र बाँकी सडक टालटुल मारेर मर्मत गरे हुने खालको देखिएको छ ।