मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी न्युयोर्क
२०७६ चैत ९ आइतबार १०:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

घरमै बसिरहँदा सेरेनालाई पीडा

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७६ चैत ९ आइतबार १०:२९:००

कोरोना भाइरसका कारण यतिखेर सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित छन् । कतिपय प्रतियोगिता रद्द नै भइसकेका छन् । केही खेलाडीमा यसको संक्रमण देखिएको छ । उनीहरू सेल्फ आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् भने अन्य खेलाडी आफ्नो घरमै सीमित हुनुपरेको अवस्था छ । प्रतियोगिता खेल्न विश्वभर घुमिरहने खेलाडी नियमित आफ्नो घरभित्रै थुनिनुपर्दा कस्तो महसुस गरिरहेका होलान् ? महिला टेनिसकी बादशाह सेरेना विलियम्सले भने यो अवधि आफ्ना लागि निकै पीडादायी भएको अनुभव सुनाएकी छिन् । 

‘म दुई सातादेखि आफैँलाई दूरीमा राखिरहेकी छु । यो मेरा लागि धेरै लामो अवधि हो,’ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न वर्षैभरि विभिन्न देश घुमिरहने सेरेना सामाजिक सञ्जालमा लेख्छिन्, ‘अहिले मेरा लागि निकै थोरै चिज मात्रै छ । यो समय मेरा लागि निकै पीडादायक छ ।’ कोरोना भाइरस विश्वभर महामारीको रूपमा फैलिएपछि अन्य खेलसँगै टेनिसको पनि सबै प्रतियोगिता अहिले स्थगित छन् ।

भाइरस संक्रमण त्रासले अन्य समयको जस्तो घरबाहिर निस्कन सक्ने अवस्था पनि छैन । त्यसैले यो समय महिला एकलतर्फ २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना आफ्नी साढे दुई वर्षकी छोरीसँग समय बताउने गरेकी छिन् । उनले आफूसँगै छोरीको स्वास्थ्यलाई लिएर पनि आफू चिन्तित रहेको बताएकी छिन् । ‘म यो समय कसैसँग पनि भेटिरहेको छैन । मसँग मेरी छोरी मात्रै हुन्छिन्,’ सेरेनाले लेखेकी छिन्, ‘उनी जब खोक्छिन्, चिन्ताले सताउँछ । कतै उनलाई केही त भएको छैन ?’